काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट फागुन २६ गते स्वीकृत गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम प्रतिहजार ७५ रुपैयाँसम्म बोनसदर पाउनेछन् ।
नयाँ बोनसदर अनुसार रिलायबल सावधिक जीवन लेखमा न्युनतम प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम प्रतिहजार ७५ रुपैयाँसम्म र रिलाबल सुलभ जीवन बीमालेख/सुलभ बाल जीवन बीमा प्लस योजनामा न्युनतम प्रतिहजार २५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ४१ रुपैयाँसम्म बोनस दिने भएको छ ।
त्यस्तै रिलाबल सजिलो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी) योजनामा न्युनतम २५ रुपैयाँदेखि अधिकतम २६ रुपैयाँसम्म र लघु सावधिक जीवन बीमालेख (बीमा समिति) र रिलयबल लघु सावधिक जीवन बीमालेखमा न्युनतम प्रतिहजार ३१ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बोनसदर रहेको छ ।
कम्पनीले सावधिक तथा आजिवन बीमा योजनामा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनस दिने भएको छ । त्यस्तै रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्युनतम ५० रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनसदर रहेको छ ।
नयाँ बोनसदर अनुसार रिलाबल समुन्नती जीवन बीमा योजनामा न्युनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम प्रतिहजार २३ रुपैयाँसम्म र रिलाबल उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख) मा न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँ बोनस दिने भएको छ ।
साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।
उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।
Advertisment