काठमाडौं : वाणिज्य बैंकहरुमा लगानीयोग्य रकम (तरलता) निरन्तर रुपमा बढ्दै गएको छ । बजारमा ऋणको माग संकुचित हुँदै जाँदा बैंकहरुको लगानी योग्य रकम बढ्दै गएको हो । नेपाल बैंकर्स संघ (एनबीए) को पछिल्लो तथ्यांक बैंकहरुको तरलता पौने १२ खर्ब पुगेको छ ।
संघका अनुसार चालु आवको फागुनसम्म वाणिज्य बैंकहरुको निक्षेप ६० खर्ब ३७ अर्ब चार करोड रुपैयाँ रहेको छ । बैंकहरुले झण्डै साढे ६० खर्ब निक्षेप संकलन गर्दा ४८ खर्ब ५० अर्ब ५९ करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।
यस अवधिमा बैंकहरुको लगानीयोग्य रकम ११ खर्ब ८६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । संघको अनुसार फागुनसम्म बैंकहरुको निक्षेप कर्जाको अनुपात (सीडी) रेसियो ७९.२९ प्रतिशत कायम भएको छ ।
चार बैंकको निक्षेप ४ खर्ब माथि
संघको तथांक अनुसार यस अवधिमा चार बैंकहरुले चार खर्ब बढी निषेप संकलन गरेका छन् । फागुनसम्म ग्लोबल आईएमई बैंकको निक्षेप सबैभन्दा बढी रहेको छ । बैंकले ५ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
त्यस्तै नबिल बैंकले पाँच खर्ब तीन अर्ब २५ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चार खर्ब ५२ अर्ब ६४ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले चार खर्ब ४७ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
अन्य बैंकहरुको निक्षेप कति ?
फागुनसम्म कृषि विकास बैंकले दुई खर्ब ५३ अर्ब, सिटिजन बैंक इन्टरनेशनलले दुई खर्ब एक अर्ब, एभरेष्टले दुई खर्ब ६७ अर्ब, हिमालयनले तीन खर्ब ३ अर्ब, कुमारीले तीन खर्ब ५६ अर्ब, लक्ष्मी सनराइजले तीन खर्ब ५० अर्ब, माछापुच्छ्रे एक खर्ब ६८ अर्ब र नेपाल बैंकले तीन खर्ब नौ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
त्यसैगरी यस अवधिमा नेपाल एसबीआई बैंकले एक खर्ब ८१ अर्ब एनआईसी एशियाले दुई खर्ब अर्ब ९८ अर्ब, एनएमबीले दुई खर्ब ६६ अर्ब, प्रभुले तीन खर्ब १२ अर्ब प्राइम कमर्सियलले दुई खर्ब ४२ अर्ब, सानिमाले दुई अर्ब १५ अर्ब, सिद्धार्थले दुई खर्ब ४६ अर्ब र स्ट्याण्डर्ड चार्टर्ड बैंकले एक खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको संघको तथ्यांकमा उल्लेख छ ।
कर्जा लगानीमा ग्लोबलकै अग्रता
एनबीएले प्रकाशित गरेको तथ्यांक अनुसार निक्षेप संकलन सँगै कर्जा प्रवाहमा पनि ग्लोबल आईएमई बैंकले अगाडी रहेको छ । बैंकले फागुनसम्म चार खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
त्यस्तै नबिल बैंकले चार खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । संघका अनुसार नेपाल इनभेष्टमेन्ट मेगाले ३ खर्ब ५१ अर्ब रुपैयाँ, कुमारीले ३ खर्ब एक अर्ब रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ, लक्ष्मी सनराइजले २ खर्ब ८४ अर्ब रुपैयाँ र एनआइसी एशिया बैंकले २ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यस अवधिमा हिमालयन बैंकले २ खर्ब ५१ अर्ब रुपैयाँ, प्रभु बैंकले २ खर्ब ३४ अर्ब रुपैयाँ, एनएमबीले २ खर्ब ३३ अर्ब रुपैयाँ, नेपाल बैंकले २ खर्ब २५ अर्ब रुपैयाँ, एभरेष्टले २ खर्ब २४ अर्ब, सिद्धार्थ बैंकले २ खर्ब १५ अर्ब रुपैयाँ, र प्राइम कमर्सियल बैंकले २ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
चालु आवको आठ महिनामा कृषि विकास बैंकले २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गर्दा सिटिजन्स बैंक इन्टरनेशनलले एक खर्ब ६९ अर्ब रुपैयाँ, माछापुच्छ्रेले एक खर्ब ४५ अर्ब रुपैयाँ, नेपाल एसबीआईले एक खर्ब ३९ अर्ब रुपैयाँ, सानिमाले एक खर्ब ७९ अर्ब रुपैयाँ र स्टान्डर्ड चार्टर्ड बैंकले ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको तथ्यांकमा उल्लेख छ ।
कुन बैंकको लगानी योग्य क्षमता कति ?
एनबीएका अनुसार यस अवधिमा बैंकहरुको औषत सीडी रेसियो ७९.२९ प्रतिशत कायम भएको छ । २० वाणिज्य बैंकहरुमध्ये अधिकांशको सीडी रेसियो ८० प्रतिशतमाथि रहेको छ ।
यस अवधिमा लगानीयोग्य क्षमता बढी रहेको बैंकमा राष्ट्रिय वाणिज्य बैंक र स्ट्याण्डर्ड चार्टड बैंक रहेका छन् । बैंकहरुको सीडी रेसियो क्रमशः ६३.८६ प्रतिशत र ६८.४८ प्रतिशत रहेको छ ।
संघका अनुसार कृषि विकास बैंकको सीडी रेसियो ७६.९९ प्रतिशत, सिटिजन्सको ८४.३२ प्रतिशत, एभरेष्ट बैंकको ८३.५२ प्रतिशत, ग्लोबल आइएमईको ७७.९५ प्रतिशत, हिमालयन बैंकको ८२.२० प्रतिशत र कुमारी बैंकको सीडी रेसियो ८२.५८ प्रतिशत रहेको छ ।
त्यसैगरी लक्ष्मी सनराइज बैंकको सीडी रेसियो ८१.०५ प्रतिशत, माछापुच्छ्रेको ८५.६५ प्रतिशत, नबिलको ८२.३४ प्रतिशत, नेपाल बैंकको ७२.७८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाको ७६.७६ प्रतिशत र नेपाल एसबिआई बैंकको ७६.०७ प्रतिशत रहेको छ ।
संघका अनुसार यस अवधिम एनआईसी एसियाको ८३.६१ प्रतिशत, एनएमबि बैंकको ८३.३३ प्रतिशत, प्रभु बैंकको ७४.९७ प्रतिशत, प्राइम कमर्सियलको ८५.७७ प्रतिशत, सानिमाको ८४.९९ प्रतिशत र सिद्धार्थ बैंकको सीडी रेसियो ८३.६५ प्रतिशत कायम भएको छ ।
Advertisment