Below Menu
Below Menu

गुठि ऐन संशोधनको ड्राफ्ट तयार, केही बुँदा मात्र संशोधन हुन्छ: मन्त्री अधिकारी

गुठि ऐन संशोधनको ड्राफ्ट तयार, केही बुँदा मात्र संशोधन हुन्छ: मन्त्री अधिकारी

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गुठी ऐनको धेरै बँुदा नचलाईकन दुई चारवटा बँुदा मात्र संशोधन गरेर लानुपर्ने बताएका छन् । 

मंगलवार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले गुठि ऐन संशोधनको ड्राफ्ट तयार भइसकेको र विज्ञहरुसँग छलफल अगाडि बढाउन बाँकी रहेको जानकारी दिएका हुन् । 

उनले भने, ‘अव गुठी ऐनलाई धेरै बँुदा नचलाईकन दुईचार वटा बँुदा मात्र संशोधन गरेर लानुपर्छ भन्ने पक्षमा हामी छौ । ड्राफ्ट तयार भइसकेको र विज्ञहरुसंग छलफल अगाडि बढाउन बाँकी छ । यसलाई कति छिटो लान सकिन्छ भन्ने कुरा सरकारले अगाडि बढाएपछि धेरै प्रक्रियाहरु हुन्छन् ।’

उनले विधेयक बनाउने, कानून बनाउने, पास गर्ने काम सरकारको भएको भन्दै गुठीले सुझाव मात्र दिने बताए । ‘गुठीले आफ्नो सुझाव दिने हो विधेयक बनाउने होइन । विधेयक बनाउने, कानून बनाउने, पास गर्ने सरकारले नै हो । हामी समिति हौं । गुठीले काम गर्न जनशक्तिको अभाव हुन सक्छ, हामीले चाहेका कुराहरु नभएको हुनसक्छ,’ उनले भने ।  

उनले अध्यादेश ल्याएर नपुगेको कुरालाई पुरा गर्न खोज्दा समस्या हल हुन नसकेको पनि बताए । उनले भने, ‘अहिले हामीले स्वर्गद्धारी गुठीको मात्र समस्या हल गर्ने भनेर पेश गर्यौं । त्यो पनि सम्भव भएन । अध्यादेश ल्याएर नपुगेको कुरालाई पुरा गर्न खोजेको त्यो पनि समस्या हल हुन सकेन् ।’ 

आजको समितिमा नेपालको बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहिन सुकुम्बासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गाको अवस्था र स्वर्गद्वारी गुठी किसानका समस्या समाधानका सम्बन्धमा भएको कार्य प्रगतिलगायतका विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल गरिएको छ । 
 

Sponsored Advertisment

Advertisment

थप समाचार