Below Menu
Below Menu

नेपाल आयल निगमद्वारा १० प्रतिशत लाभांश घोषणा

नेपाल आयल निगमद्वारा १० प्रतिशत लाभांश घोषणा

काठमाडौं : नेपाल आयल निगमले १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ।

चैत ४ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

निगमको चुक्ता पुँजी ११ अर्ब रुपैयाँ छ । सो आधारमा निगमले सेयरधनीहरूलाई १ अर्ब १० करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने छ। लाभांश प्रस्ताव पारित गर्न निगमले चैत २९ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्ष सिंहदरबारमा ४३औं वार्षिक साधारण सभा समेत डाकेको छ।

साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा तथा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण, लेखापरीक्षकको नियुक्ति, पारिश्रमिक एवं खर्च अनुमोदन गर्नेछ ।

निगमले यसअघि आर्थिक वर्ष २०७६/७७ मा २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Advertisment

थप समाचार