Below Menu
Below Menu

लक्ष्मी स्टीलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौता, सर्वोत्तम सिमेन्टले तिर्यो दोस्रो किस्ता

लक्ष्मी स्टीलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौता, सर्वोत्तम सिमेन्टले तिर्यो दोस्रो किस्ता

काठमाडौं : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टीलले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेवापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ ।

२३ करोड ७९ लाख रुपैयाँ बक्यौतामध्ये लक्ष्मी स्टीलले शुक्रबार पहिलो किस्ताबापत ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको नेपाल विद्युत प्राधिकरण, परासी वितरण केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए । उद्योगले २८ किस्तामा बक्यौता तिर्ने छ ।

यसैगरी, सुनवलमै सञ्चालित अर्को उद्योग सर्वोत्तम सिमेन्टले बक्यौता बापतको दोस्रो किस्ता बुझाएको छ ।

२८ किस्तामा बक्यौता तिर्ने प्रतिबद्धता जनाएको उद्योगले शुक्रबार दोस्रो किस्ता पावत ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको हो । उद्योगको बक्यौता ११ करोड ९६ लाख रुपैयाँ रहेको छ । 

Advertisment

थप समाचार