Below Menu
Below Menu

सोमबार साढे १९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुँदै 

सोमबार साढे १९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुँदै 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत साढे १९ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १९ अर्ब ४९ करोड २० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।

कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने र नौं अर्ब ४९ करोड २० लाख रुपैयाँ बराबरको ९१ दिने र पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

कार्यालयका अनुसार २८ दिने ट्रेजरी २०८२ बैशाख ९ गते, ९१ दिने ट्रेजरी २०८२ असार ३ गते र ३६४ दिने ट्रेजरी बिल २०८२ चैत १० गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो २ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि चैत ४ गते कार्यालयले १८ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो । 

Advertisment

थप समाचार