काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे सात लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले सर्वोत्तम सिमेन्ट र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ४२ लाख ४५ हजार कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।
सर्वोत्तम सिमेन्टसको ७ प्रतिशत बोनसपछिको ३२ लाख ५५ हजार कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ७.५ प्रतिशत बोनसपछिको नौं लाख ९० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment