शतप्रतिशत हकप्रद शेयर जारी गर्न माई खोला हाइड्रोपावरलाई आयोगको अनुमति 

शतप्रतिशत हकप्रद शेयर जारी गर्न माई खोला हाइड्रोपावरलाई आयोगको अनुमति 

काठमाडौं : विद्युत नियमन आयोगले माई खोला हाइड्रोपावर लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। 

आयोगले कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।

आयोगको स्वीकृति पाएसँगै कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

थप समाचार