काठमाडौं : चालु आर्थिक वर्षको फागुन महिनामा बजारमा सवा सात खर्ब रुपैयाँ बराबरको नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा बजारमा सात खर्ब ३७ अर्ब ३९ करोड ७३ लाख रुपैयाँ नगद प्रवाह भएको छ ।
उक्त रकम गत माघको तुलनामा छ अर्ब ७६ करोड ८४ लाख रुपैयाँले बढेको हो । गत माघ मसान्तसम्ममा बजारमा सात खर्ब ३० अर्ब ६२ करोड ८९ लाख रुपैयाँ नगद प्रवाह भएको थियो ।
उक्त रकम गत असारको तुलनामा भने ८.४३ प्रतिशत अर्थात ५७ अर्ब ३४ करोड ८५ लाख रुपैयाँले बढी हो । गत असार मसान्तसम्म यस्तो प्रवाह ६ खर्ब ८० अर्ब ४ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा सरकारी खाताको नगद मौज्दात तीन खर्ब ३९ अर्ब ४० करोड रुपैयाँले घटेको छ । गत असारमा सरकारी खातामा तीन खर्ब ५५ अर्ब ४५ करोड रुपैयाँ मौज्दात रहेको थियो ।
फागुनमा उक्त रकम घटेर एक खर्ब ६० अर्ब ५० करोड रुपैयाँमा पुगेको छ । यो रकम सरकारले खर्च गरेर बाँकी रहेको रकम हो ।
यस अवधिमा सरकारी ढुकुटीमा साढे तीन खर्ब रुपैयाँ निक्षेप रहेको जनाएको छ । यस अवधिमा विभिन्न बैंकहरुमा रहेको सरकारी खातामा कूल तीन खर्ब ६९ अर्ब ३० करोड ४८ लाख रुपैयाँ निक्षेप रहेको बैंकले राष्ट्र बैंकले जनाएको हो ।
२०८१ असारसम्म यस्तो निक्षेप जम्मा ६३ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ मात्र रहेको थियो । उक्त रकम फागुन मसान्तसम्म आइपुग्दा तीन खर्ब ५ अर्ब ३५ करोड १४ लाख रुपैयाँले बढेको छ ।
यस अवधिमा सरकारको सरप्लस मौज्दात १७ अर्ब रुपैयाँ रहेको छ । फागुन मसान्तसम्म राष्ट्र बैंकको रिजर्भमा ६ खर्ब ८१ अर्ब ६५ करोड ४५ लाख रुपैयाँ रहेको छ । असारसम्म रिजर्भमा ५ खर्ब ४३ अर्ब ८१ करोड ८१ लाख रुपैयाँ थियो । आईएमएफसँग सम्बन्धित दायित्व ४० अर्ब ५६ करोड १० लाख रुपैयाँ रहेको छ ।
हालसम्म राष्ट्र बैंकको दायित्व २३ खर्ब ७५ अर्ब ३४ करोड २९ लाख रुपैयाँ रहेको छ । गत असार मसान्तसम २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख रुपैयाँ रहेको थियो । उक्त सम्पति चालु आवको फागुन मसान्तसम्म तीन खर्ब आठ अर्ब ३१ करोड रुपैयाँले बढेको हो ।
Advertisment