नेप्सेमा उच्च अंकको पहिरोः परिसूचक २५ बिन्दुमा झर्यो, कारोबार पाँच अर्ब १८ करोडमा समेटियो 

नेप्सेमा उच्च अंकको पहिरोः परिसूचक २५ बिन्दुमा झर्यो, कारोबार पाँच अर्ब १८ करोडमा समेटियो 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्क अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५५.९० अंकले घटेर २५८४.८८ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १२.३८ अंकले बढेर २६६९.७६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका चार कम्पनीको शेयरमूल्य बढेको छ । भने २४० कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा पाँच अर्ब १८ करोड सात लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा चार अर्ब ४८ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज हिमालयन रिइन्स्योरेन्स कम्पनीेको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २३ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा एनसीसी डिबेञ्चर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ४.५२ प्रतिशतले बढेको हो । आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.९७ प्रतिशतले घटेको छ ।  
 

थप समाचार