काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तिन कम्पनीको पोने ९६ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
सोमबार नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंक, चिलिमे हाइड्रोपावर र सुपर माई हाइड्रोपावरको ९५ लाख ८६ हजार ८३९ दशमलव ३७ कित्ता बोनस शेयर सूचीकत गरेको हो ।
नेप्सेका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकको ३.६५१६ प्रतिशत बोनसपछिको १२ लाख ५२ हजार ८४४ दशमलव १७ कित्ता शेयर सूचीकृत भएको छ ।
त्यसैगरी चिलिमे हाइड्रोपावरको १० प्रतिशत बोनसपछिको ७९ लाख ७३ हजार ९९७ दशमलव २० कित्ता शेयर सूचीकृत भएको छ ।
नेप्सेले सपर माई हाइड्रोपावरको ७ प्रतिशत बोनसपछिको ३ लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको छ ।
Advertisment