Below Menu
Below Menu

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात चैत १५ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

जस अनुसार आजसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले चैत २७ गते, बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा होटल पिस प्यालेस, हरि शंकर रोड, बाग्लुङमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने र बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर १.१०७१ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर वा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Advertisment

थप समाचार