Below Menu
Below Menu

राष्ट्र बैंकद्वारा ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना, प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने 

राष्ट्र बैंकद्वारा ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना, प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना गरेको छ । बैंकिङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने उद्देश्यले उक्त हब स्थापना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

उक्त हबमार्फत डिजिटल फाइनान्सको क्षेत्रमा कार्य गर्ने वित्तीय नवप्रवर्तकहरुलाई विद्यमान नीतिगत एवम् नियामकीय व्यवस्थाबारे जानकारी गराउने, सरोकारवालाबाट प्राप्त हुनेवित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तिनले ल्याउन सक्ने अवसर एवम् चुनौतीको विश्लेषण गरिने राष्ट्र बैंकले जनाएको छ । 

यसका साथै हबबाट नियामकीय दृष्टिकोण, नन बाइन्डिङ गाइडेन्स, परामर्श एवम्सुझाव प्रदान गर्ने र नियामकसँगको सहज पहुँच विस्तार गरी नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्यले राखिएको छ । 

राष्ट्र बैंकले अन्य नियामक तथा सरोकारवाला निकाय र निजी क्षेत्रको समेत सहभागिता हुन सक्ने व्यवस्थासहित डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरिएको उल्लेख गरेको छ । 
 

Advertisment

थप समाचार