Below Menu
Below Menu

बीमाबाट विमुख हुँदै बीमित: आम्दानी खुम्चिँदा पौने १० अर्बको पोलिसी सरेन्डर !

बीमाबाट विमुख हुँदै बीमित: आम्दानी खुम्चिँदा पौने १० अर्बको पोलिसी सरेन्डर !

काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा ७१ हजार बढी बीमितले पौने दश अर्ब रुपैयाँको बीमा पोलिसी सरेन्डर गरेका छन् । 

यस अवधिमा १४ जीवन बीमा कम्पनीका ७१ हजार ५५४ बीमितले नौं अर्ब ८७ करोड ६३ लाख ६४ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका हुन् ।
बजारमा आर्थिक गतिविधि सुस्त हुँदा त्यसको प्रत्यक्ष असर बीमा क्षेत्रमा देखिएको छ । बजार चलायमान हुन नसक्दा आम मानिसहरुको आम्दानीमा ह्रास आएको छ । बीमितहरुको आम्दानीको स्रोत खुम्चिदै जाँदा सरेन्डरको आकार बढ्दै गएको हो । 

यसका साथै अभिकर्ताहरुले बीमितको क्षमता भन्दा बढीको बीमा गराएका कारण प्रिमियम तिर्न नसकेर पोलिसी त्याग्ने गरेको बीमा विज्ञहरु बताउँछन् ।

प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालका बीमितले पोलिसी सरेन्डर गरेका छन् । फागुनसम्म उक्त कम्पनीका १७ हजार ८८९ बीमितले तीन अर्ब ९ करोड ९६ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका हुन् ।

त्यस्तै, नेपाल लाइफका १५ हजार ५७२ बीमितले दुई अर्ब ६३ करोड ७६ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् भने राष्ट्रिय जीवन बीमा कम्पनीका १० हजार १४६ बीमितले ९२ करोड ११ लाख ७० हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ६० करोड ५१ लाख ८९ रुपैयाँ बराबरको चार हजार १६० वटा र मेट लाइफको २७ करोड ९९ लाख ८६ हजार रुपैयाँको दुई हजार ३७८ वटा पोलिसी सरेन्डर भएका छन् । 

 

चालु आवको आठ महिनामा एशियन लाइफको ६१ करोड १४ लाख ५१ हजार रुपैयाँ बराबरको ५ हजार ८२४ बीमालेख र आईएमई लाइफ इन्स्योरेन्सको १३ करोड ५३ लाख ७१ हजार रुपैयाँ बराबरको एक हजार १९० बीमालेख सरेन्डर भएका छन् ।

प्राधिकरणका अनुसार फागुन मसान्तम्म सन नेपाल लाइफको सबैभन्दा कम पाँच करोड ५५ लाख नौ हजार रुपैयाँ बराबरको ५२६ वटा बीमालेख सरेन्डर भएका छन् भने यस अवधिमा रिलायबल नेपाल लाइफका एक हजार ९६ बीमितले सात करोड ४४ लाख ५६ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् ।

त्यस्तै, सिटिजन लाइफ नेपालका एक हजार ९५९ बीमितले १८ करोड ४४ लाख ४९ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् भने सूर्यज्योति लाइफको ५३ करोड २१ लाख ४२ हजार रुपैयाँ बराबरको तीन हजार ९६३ बीमालेख सरेन्डर भएका छन् ।

त्यसैगरी सानिमा रिलायन्स लाइफको १७ करोड ४५ लाख ७३ हजार रुपैयाँको एक हजार २४७ वटा, हिमालयन लाइफको ४२ करोड २७ लाख ४१ हजार रुपैयाँ बराबरको चार हजार ५८४ वटा र प्रभु महालक्ष्मी लाइफको १४ करोड २० लाख २४ हजार रुपैयाँ बराबरको एक हजार २० बीमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
 

Advertisment

थप समाचार