काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे ४६ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले माउन्टेन इनर्जी नेपाल र महालक्ष्मी विकास बैंकको ४६ लाख ४६ हजार २४२ दशमलव १६ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार माउन्टेन इनर्जी नेपालको १५ प्रतिशत बोनसपछिको ३३ लाख ९४ हजार ८४६ दशलमव ५८ कित्ता र महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनसपछिको १२ लाख ५१ हजार ३९५ दशलमव ५८ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment