Below Menu
Below Menu

चैत २५ गतेदेखि पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै एनआईसी एशिया बैंक

चैत २५ गतेदेखि पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै एनआईसी एशिया बैंक

काठमाडौं : एनआईसी एशिया लिमिटेडले चैत २५ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा पाँच अर्ब रुपैयाँ बराबरको ५० लाख ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकले कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट र ४० प्रतिशत अर्थात दुई अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणमा जारी गर्नेछ । 

बैंकले सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात एक लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बैंकले १० वर्षे अवधिको ७ प्रतिशत ब्याजदरको ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ निष्काशन गर्न लागेको हो। 

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। बैंकको ऋणपत्र चैत २८ गतेसम्म बिक्रीमा रहने छ भने ढिलोमा २०८२ बैशाख ८ गतेसम्म लम्बिनेछ । 

उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि आस्वा र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्। 

Advertisment

थप समाचार