Below Menu
Below Menu

१२ अर्ब ७५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार

१२ अर्ब ७५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत साढे १२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १२ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।

कार्यालयले सात अर्ब ७५ करोड रुपैयाँ बराबरको ९१ दिने र पाँच अर्ब रुपैयाँ बराबरको १८२ दिन अवधिको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

कार्यालयका अनुसार ९१ दिने ट्रेजरी २०८२ असार १७ गते र १८२ दिने ट्रेजरी बिल २०८२ असोज १४ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो २ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि चैत १० गते कार्यालयले १९ अर्ब ४९ करोड २० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो । 

Advertisment

थप समाचार