Below Menu
Below Menu

बैंकिङ प्रणालीमा थुप्रियो एकैदिन १४ अर्ब निक्षेप, कस्तो छ कर्जा विस्तारको अवस्था ?

बैंकिङ प्रणालीमा थुप्रियो एकैदिन १४ अर्ब निक्षेप, कस्तो छ कर्जा विस्तारको अवस्था ?

काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत शुक्रबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो । 

सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १४ अर्बले बढेर ६७ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् चैत १४ गते बिहिबारसम्म बैंक तथा वित्तीय संस्थामा ६७ खर्ब ७५अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा मात्रै एकै दिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने अन्य वित्तीय क्षेत्रमा ७ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो दिनसम्म ६० खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा सो दिन १४ अर्ब निक्षेप बढेर ६० खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाका निक्षेप थपिदै जाँदा कर्जा लगानी भने सुस्त देखिएको छ । सो अवधिमा बैंकिङ प्रणालीमा १४ अर्ब निक्षेप थपिँदा एक अर्ब रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५४ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४८ खर्ब ५१ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ६ खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर र सिडि रेसियो दुबै घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर ३ प्रतिशत रहेको छ भने सिडि रेसियो ७९.२५ बिन्दुमा झरेको छ । 

Advertisment

थप समाचार