Below Menu
Below Menu

तीन महिनामा भित्रिए तीन लाख पर्यटक, मार्चमा मात्रै एक लाख २१ हजार बढी 

तीन महिनामा भित्रिए तीन लाख पर्यटक, मार्चमा मात्रै एक लाख २१ हजार बढी 

काठमाडौं : पर्यटकीय सिजन शुरु भएसँगै पछिल्लो समय नेपाल भित्रिने विदेशी पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको देखिएको छ । सन् २०२५ को तीन महिनामा करिब तीन लाख पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को मार्च सम्ममा दुई लाख ९८ हजार ५५८ विदेशी पर्यटन नेपाल भित्रिएका छन् । मार्चमा मात्रै एक लाख २१ हजार ६८७ पर्यटक आएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार उक्त संख्या सन् २०२४ को सोहि अवधिको तुलनामा भने ९४.९४ प्रतिशतले कम हो । गत वर्षको मार्चमा एक लाख २८ हजार १६७ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

यद्यपी गत जनवरी महिनाको तुलनामा भने पर्यटक आगमन बढेको छ । जनवरीमा ७९ हजार ९९१ जना, फेब्रुअरीमा ९६ हजार ८८० विदेशी पर्यटन नेपाल भित्रिएका थिए ।

बोर्डका अनुसार सन् २०२४ को मार्चमा एक लाख २८ हजार १६७ जना, सन् २०२३ मा ९९ हजार ४२६ जना, सन् २०२२ मा ४५ हजार १५२ जना, सन् २०२१ मा १५ हजार २५४ जना, सन् २०२० मा ४२ हजार ७७६ जना र सन् २०१९ मा एक लाख २७ हजार ३५१ जना पर्यटक भित्रिएका थिए ।

सन् २०२५ को मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् यस अवधिमा भारतबाट २१ हजार ४१२ जना नेपाल आएका हुन् । जुन कुल आवागमनको १७.६० प्रतिशत हो । 

त्यस्तै सोही अवधिमा चीनबाट ११ हजार ४२३ जना, अमेरिकी पर्यटक ११ हजार ९२ जना, बेलायतबाट ५ हजार ९९५ जना, अष्ट्रेलियाबाट चार हजार २२८ जना र श्रीलंकाबाट आठ हजार ८८६ जना पर्यटक नेपाल आएका छन् ।

त्यसैगरी मार्चमा कोरियाबाट दुई हजार ७७९ जना, थाइल्याण्डबाट चार हजार ९८६ जना, जर्मनीबाट चार हजार ७०९ जना, बंगलादेशबाट ३ हजार ५७६ र म्यानमारबाट ३ हजार ७५४ विदेशी पर्यटक नेपाल आएको पर्यटन बोडले जनाएको छ ।
 

Advertisment

थप समाचार