Below Menu
Below Menu

दोहोरो अंकले बढ्यो शेयर बजार

दोहोरो अंकले बढ्यो शेयर बजार

काठमाडौं : बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.९० अंकले बढेर २६८०.५२ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १.७३ अंकले बढेर २६७१.८० बिन्दुमा बन्द भएको थियो । 

परिसूचक बढेपनि विगत केही दिनको तुलनामा कारोबार रकममा भने सामान्य गिरावट आएको छ । बुधबार ४ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

आज ३ सय १७ कम्पनीको १ करोड भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४२ करोड ७५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्ट्रक्चर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी होल्डिङ्स र हिमालयन रिइन्सुरेन्स परेका छन् ।

Advertisment

थप समाचार