Below Menu
Below Menu

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

काठमाडौं : नेपाल राष्ट्र बैंकले चाु आर्थिक वर्षको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार यस अवधिमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ ।

त्यस्तै आयात ११.२ प्रतिशतले र निर्यात ५७.२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.४ प्रतिशतलेर अमेरिकी डलरमा ६.९ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु३१० अर्ब ३७ करोडले बचतमा रहेको छ ।

राष्ट्र बैंकका अनुुसार कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब २७ करोड पुगेको छ । नेपाल सरकारको खर्च रु.८३९ अर्ब ३६ करोड र राजस्व परिचालन रु.७२० अर्ब ३५ करोड रहेको छ ।

विस्तृत मुद्राप्रदाय ४.८ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ६ प्रतिशतले बढेको । 

वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.७ प्रतिशत रहेको छ ।

Advertisment

थप समाचार