काठमाडौं : पियोर इनर्जी कम्पनी लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) आजदेखि खुला भएको छ ।
कम्पनीले यसअघि स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ता सेयर निष्कासन गरेको छ ।
इच्छुक लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि वैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले लिएको छ ।
Advertisment