काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८२ बैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार चैत महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर यथावत रहेको छ ।
बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १६ बैंकले चैत महिनाकै ब्याजदर यथावत राखेका छन् । त्यस्तै चैत महिनाको तुलनामा बैशाख महिनाका लागि चार बैंकहरुले ब्याजदर घटबढ भएको छ ।
बैशाखका लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ५.९७ प्रतिशत रहेको छ । चैतमा यस्तो ब्याजदर ५.९७ प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.००३५ बिन्दुले घटेको छ ।
त्यस्तै संस्थागतर्फ बैशाखका लागि बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ४.३६ प्रतिशत विन्दुमा झरेको छ । चैतमा यस्तो ब्याजदर ४.४३ प्रतिशत रहेको थियो ।
बैशाखका लागि नेपाल बैंक, सानिमा र कुमारी बैंकले ब्याजदर घटाएका छन् भने एभरेष्ट बैंकले ब्याजदर बढेको छ । नेपाल बैंकले ०.०९ प्रतिशत, सानिमाले ०.१ प्रतिशत बिन्दुले घटाएको छ भने कुमारी बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर अधिकतम ०.३५ प्रतिशत बिन्दुले घटाएको छ । एभरेष्टले व्यक्तिगत मुद्दती निक्षेपमा ०.६१ प्रतिशतले ब्याजदर बढाएको छ ।
त्यस्तै कृषि विकास बैंकले व्यक्तिगत मुद्दती तर्फ ५.५१ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज दिने भएको छ । प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती तर्फ ६.२५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ ।
बैशाख महिनाका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.५ प्रतिशत र संस्थागत तर्फ ५.१ प्रतिशत ब्याज दिने भएको छ भने नेपाल बैंकले व्यक्तिगत तर्फ ५.१५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ ।
त्यस्तै सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.९५ प्रतिशत र संस्थागत तर्फ ४.२ प्रतिशत ब्याज दिने भएको छ भने एनआईसी एशिया र एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.६ प्रतिशत र संस्थागत तर्फ ५.६ प्रतिशत ब्याज दिने भएको छ ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ३.५ प्रतिशत ब्याज दिने भएको छ । सिटिजन इन्टरनेशनलले व्यक्तिगत मुद्दती निक्षेपमा ५.६५ प्रतिशत र संस्थागत तर्फ ४.१ प्रतिशत ब्याज दिने भएको छ ।
नबिल बैंकले चैत लागि व्यक्तिगत मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज दिने भएको छ । कुमारीले व्यक्तिगत मुद्दती निक्षेपमा ५.९२ प्रतिशत र संस्थागत तर्फ ४.९२ प्रतिशत ब्याज दिने भएको छ ।
बैशाखका लागि माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ भने सिद्धार्थ बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.६१ प्रतिशत र संस्थागत तर्फ ५.६१ प्रतिशत ब्याज दिने भएको छ ।
त्यस्तै नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत ब्याज दिने भएको छ भने प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.१ प्रतिशत र संस्थागत तर्फ ५.१ प्रतिशत ब्याज दिने भएको छ ।
स्ट्याण्डर्ड चार्टर्डले बैशाखका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ६.२५ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज दिने भएको । त्यस्तै हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ ।
Advertisment