Below Menu

पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ 

पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ 

रौतहट : रौतहट सशस्त्र प्रहरीले पेस्तोल सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । राजदेवी नगरपालिका वडा नम्वर ८ लक्ष्मिपुर बेलविछवा नाका नजिकमा रहेको  जयसवाल होटेलबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

Sponsored Advertisement

होटेल  बाहिर मदिरा सेवन गरेर हो हल्ला एवं झै झगडा गरिरहेको प्राप्त सुचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारत विहार राज्य सीतामढी जिल्ला नन्दवाराका २३ बर्षीय किशन कुमारलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका एसपी सन्तोष बस्नेतका अनुसार उनको शरीरबाट  पेस्तोल एक थान, लागुऔषध कोरेक्स ३ बोटल, नाईट्रोभेट ५ ट्याब्लेट, मोवाइल १ थान बरामद गरिएको हो । अबैध हतियार, लागुऔषध सहित पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइएको उनले बताए । 

नेपाल भारत सीमा क्षेत्रबाट अबैध हतियार, लागुऔषधको कारोबार हुने गरेको सूचनाका अधारमा निगरानी बढाएको रौतहट सशस्त्र प्रहरीले जनाएको छ ।
 

थप समाचार