Below Menu

आजदेखि ५ रुपैयाँ दरका नोट प्रचलनमा ल्याउँदै राष्ट्र बैंक

आजदेखि ५ रुपैयाँ दरका नोट प्रचलनमा ल्याउँदै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजदेखि ५ रुपैयाँ दरको नोट प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै वैशाख २ गतेदेखि साविककै आकार तथा रङ्गमा ५ रुपैयाँ दरको नोट प्रचलनमा ल्याउने भएको हो ।

Sponsored Advertisement

राष्ट्र बैंकका अनुसार नम्बर न४५ ०००००१ देखि भ१८ ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५ रुपैयाँ पाँच तुरुन्त पाइने छ’ भन्ने प्रतिजामूलक वाक्यांश सहितका नोट प्रचलनमा ल्याउने भएको हो ।

नोटको अग्रभागको बायाँतर्फ सगरमाथा र दायाँतर्फ लालीगुराँसको पानी छाप, गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको, तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा ‘बिसं २०८१’ लेखिएको रहेको छ ।

यस्तै, नोटको पृष्ठ भागमा मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको, मध्य भागमा वन्य याक तथा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र रहेको, नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा रूपीज फाइभ लेखिएको र बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा ‘२०२४एडी’ लेखिएको रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस अघि मिति २०७७ मंसिर १० गतेदेखि रुपैयाँ ५ दर (सेरिज२०२०) को बैंक नोट सङ्केत नं ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा सङ्केत नं ०००००१ देखि ५६०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको थियो ।

Sponsored Advertisment

थप समाचार