Below Menu
Below Menu

सान्भि इनर्जीको आईपीओ बिक्री खुला

सान्भि इनर्जीको आईपीओ बिक्री खुला

काठमाडौं : सान्भि इनर्जी लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३७ लाख ९० हजार कित्ता आईपीओ बिक्री गरेको हो ।

कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँको ४३ प्रतिशत अर्थात् ३७ करोड ९० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३७ लाख ९० हजार कित्ता आईपीओ बिक्री गरेको हो । 

यस्तै, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि १० अर्थात् २ लाख ८१ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । 

कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतममा २० हजार कित्ता सेयरका आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैशाख १९ गतेभित्र आवेदन दिनु पर्नेछ । 

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ।

Advertisment

थप समाचार