Below Menu
Below Menu

३७.१२ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको नाफा

३७.१२ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको नाफा

काठमाडौं : ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार यस अवधिमा बैंकले ४ अर्ब ५३ करोड ४० लाख ९९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड ६५ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज घटेर ३ अर्ब ११ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ५ अर्ब २६ करोड ४६ लाख रुपैयाँ रहेको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने ५.४६ प्रतिशत घटेर १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा ३४.४१ प्रतिशत बढेर ६ अर्ब ३३ करोड ६६ लाखा रुपैयाँ रहेको छ । वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रहेको छ भने जगेडा कोषमा २८ अर्ब २० लाख रुपैयाँ छ । ५ खर्ब १७ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रति सेयर आम्दानी ३ रुपैयाँ ६६ पैसा बढेर १५ रुपैयाँ ८६ पैसा पुगेको छ। प्रति सेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा रहेको छ ।

Advertisment

थप समाचार