Below Menu
Below Menu

मुक्तिनाथ विकास बैंकको वितरणयोग्य मुनाफा करिब ६२ करोड

मुक्तिनाथ विकास बैंकको वितरणयोग्य मुनाफा करिब ६२ करोड

काठमाडौं : मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार यस अवधिमा बैंकले ७२ करोड ४८ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६१ करोड ९५ लाख रुपैयाँ रहेको छ। गत वर्षको तुलनामा बैंकको वितरणयोग्य मुनाफा बढेको छ । गत वर्ष बैंकको वितरणयोग्य मुनाफा एक करोड दुई लाख ८६ हजार रुपैयाँ थियो । 

मुनाफालाई आधार मान्दा बैंकले ८.७९ प्रतिशत बराबरको लाभांश वितरण गर्ने क्षमता राख्दछ । चालु आर्थिक वर्षको बाँकी त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा अझै बढ्ने सम्भावना रहन्छ । यसले गर्दा शेयरधनीले अपेक्षाकृत राम्रो लाभांश पाउने आशा गर्न सक्ने आधार देखिएको छ।

गत वर्षको चैत मसान्तसम्म तीन अर्ब १३ करोड तीन लाख रुपैयाँ रहेको बैंकको ब्याज आम्दानी बढेर तीन अर्ब २८ करोड ५८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको सञ्चालन मुनाफा एक अर्ब तीन करोड ५२ लाख रुपैयाँ रहेको छ।

मुक्तिनाथ विकास बैंकले आफ्नो व्यावसायिक गतिविभिमा पनि सन्तोक्षजनक प्रगति गरेको छ। बैंकको कर्जा लगानी ९७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । सोही अवधिसम्म ११३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १३.७१ रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात २६.३० गुणा रहेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ १५८.३० रुपैयाँ रहेको छ।

Advertisment

थप समाचार