Below Menu
Below Menu

१५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्दै होटेल सारथी

१५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्दै होटेल सारथी

काठमाडौं : काभ्रेको धुलिखेलमा रहेको होटेल सारथी प्रा.लि.ले प्राथमिक सेयर निष्काशन (आईपीओ) जारी गर्ने भएको छ आईपीओ निष्काशनको लागि होटेल सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

होटेल सारथी, धुलिखेलमा आयोजित एक विशेष समारोहमा होटेलका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  

होटेल सारथीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर जारी गर्नेछ। आईपीओ जारीपश्चात कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ । यस सम्झौतासँगै होटेल सारथी आर्थिक वर्ष २०८२–०८३ भित्र नेपालका पुँजी बजारमा सूचीकृत हुनेछ । यसबाट नयाँ लगानीकर्ताले होटेल तथा पर्यटन क्षेत्रको कम्पनीमा लगानीका लागि नयाँ अवसर पाउनेछन् । 

२०७२ सालमा स्थापना भएको होटेल सारथी सुपरिचित पर्यटकीय गन्तब्य धुलिखेलमा रहेको स्थापित लक्जरी होटेल हो । २०७६ चैत्रदेखि अपरेसनमा आएको होटलमा प्रेसिडेन्सीयल सुइट, सुइट, प्रिमियम तथा डिलक्स गरि ८० वटा कोठा सञ्चालनमा रहेका छन् । २० जनादेखि ४०० जनासम्मको क्षमता भएको ठुला साना गरी ४ वटा सभा हल रहेको होटलको सातौँ तल्लामा ‘रुफटप इन्फिनिटी स्वीमिङ पुल विथ पुल बार’ छ । 

होटलबाट लाङटाङ हिमश्रृंखला र गौरीशंकर हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । आन्तरिक र बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न सफल यस होटल संचालनको छोटो समयमा नै होलिडेज, कर्पोरेट, माइसका साथै डेस्टिनेसन वेडिङका लागि समेत आफ्नो बिशेष पहिचान बनाउन सफल भएको छ । 

स्थानीयरूपमा उपलब्ध खाद्य सामग्रीलाई प्राथमिकता दिँदै ग्राहकको रोजाइ अनुसारको मेनु पस्कदै आएको यस होटलले स्थानीयस्तरमा रोजगारी, सीप विकास र पेशागत क्षमता वृद्धिमा समेत महत्वपूर्ण योगदान गरेको छ । सारथी समूहअन्तर्गत होटेल, मार्ट, बहुउद्देश्यीय सहकारी, वेलफेयर फाउण्डेशन, स्कूल, तालिम केन्द्र, सारथी भेन्चर्स तथा होलिडेज संचालनमा छन् । 

१९ रोपनी क्षेत्रफलमा फैलिएको यस होटलमा आफ्नै अर्गानिक फार्म सञ्चालनमा रहेको छ भने रोप साइक्लिङ्ग, स्पोर्टस सेन्टर, पिकनिक स्थल र हेलिप्याड निर्माणाधीन अवस्थामा छ । भविष्यमा आफ्नो ब्राण्डलाई अन्य प्रमुख पर्यटकीय गन्तब्यहरुमा समेत विस्तार गर्ने लक्ष राखेको यस समूहले चितवनको सौराहामा आफ्नो दोश्रो प्रोपर्टी संचालनमा ल्याइसकेको छ। 

Advertisment

थप समाचार