प्रभु बैंकबाट १४ जना संस्थापक बाहिरिँदै

प्रभु बैंकबाट १४ जना संस्थापक बाहिरिँदै

काठमाडौं : प्रभु बैंक लिमिटेडबाट १४ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् ।

बैंकका संस्थापक सेयरधनी राजकुमार पोखरेलले ९९ हजार ८१९ कित्ता, कर्ण प्रसाद देवभण्डारीले १६ हजार २४७ कित्ता, सरस्वती सुव्वा देवानले ३९ हजार ९५८ कित्ता, शमा श्रेष्ठले १० हजार ८२७ कित्ता, राजेन्द्र मान सिंह वस्नेतले १६ हजार २४३ कित्ता, ऋषिराम शर्माले २४ हजार कित्ता र सम्यक उदासले ५५ हजार ७१६ कित्ता सेयर बिक्रीमा राखेका छन् ।

यस्तै केशर बहादुर रावलले ५ हजार ९६४ कित्ता, नारायण निधि लोहनीले ८ हजार ३३१ कित्ता, कमान सिंह खड्काले १२ हजार १२२ कित्ता, विवेक अग्रवालले ९ हजार ८८२ कित्ता, बलराम चपाईले ३ हजार ५०७ कित्ता, बिष्णु लाल श्रेष्ठले १० हजार ८३० कित्ता र उत्तम लाल मल्लले १८ हजार १३३ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयर विक्रि गरेर बैंकबाट बाहिरिन खोजेका हुन् ।