काठमाडौं : सातामा तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.९३ अंकले घटेर २७९३.३५ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ४.०४ अंकले घटेर २७०१.९९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा आठ अर्ब ३२ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा आठ अर्ब ७५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment