काठमाडौं : साताकाे चौथो कारोबार दिन बुधबार (आज) शेयर सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३२.४४ अंकले घटेर २६५५.९४ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ४.९३ अंकले घटेर २७९३.३५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २८ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा सात अर्ब ५७ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा आठ अर्ब ३२ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५८ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment