Below Menu
Below Menu

झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३ अंकले बढेर  २६५८.९४ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ३२.४४ अंकले घटेर २६५५.९४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ८३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा सात अर्ब ८९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा सात अर्ब ५७ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७० करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज नेशनल हाइड्रो डेभलपरको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले बढेको छ । 
 

Advertisment

थप समाचार