Below Menu

सन नेपाल लाइफले बैशाख ३० गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

सन नेपाल लाइफले बैशाख ३० गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सले बैशाख ३० गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको एक करोड ६ लाख ९६ हजार ३२०कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १.०७ को अनुपातमा अर्थात २७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले बैशाख ५ गते बुक क्लोज गरेको थियो । जसअनुसार बैशाख ४ गतेसम्म कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । 

इन्स्योरेन्सको हकप्रद शेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख रुपैयाँ पुग्नेछ।