Below Menu
Below Menu

७१ वर्षमा राष्ट्र बैंक, वित्तीय प्रणालीको विश्वसनीयता वृद्धिमा प्रतिबद्ध

७१ वर्षमा राष्ट्र बैंक, वित्तीय प्रणालीको विश्वसनीयता वृद्धिमा प्रतिबद्ध

काठमाडौं : नेपाल राष्ट्र बैंक ७१औं वर्षमा प्रवेश गरेको छ। ७० औं वार्षिकोत्सवको अवसरमा का.मु. गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना शुभकामना तथा प्रतिवद्धता जारी गर्दै  वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धिमा सदा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास र सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धिमा सदा समर्पित रहने प्रतिबद्धता राष्ट्र बैंकले गरेको छ ।

देशको आर्थिक क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्यसहित नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते भएको थियो । राष्ट्र बैंकको पहिलो गभर्नर हिमालयन शमशेर जबरा थिए । हालसम्म आइपुग्दा राष्ट्र बैंकमा १७ जना गभर्नर बनिसकेका छन् ।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि सरकारले नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन । अहिले डा. नीलम ढुंगानाले कामु गभर्नरको जिम्मेवारी सम्हालिरहेकी छिन् ।

Advertisment

थप समाचार