Below Menu
Below Menu

आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई लुम्बिनी केवलकारमा २० प्रतिशत छुट

आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई लुम्बिनी केवलकारमा २० प्रतिशत छुट

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले लुम्बिनी केवलकारको टिकट खरिदमा २० प्रतिशत छुट प्राप्त गर्ने छन् ।

यस सम्बन्धी सम्झौतामा दुबै पक्ष सहमत भएका हुन् । छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीकका बीमितले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाइ छुट सुविधा लिन सक्नेछन् भने अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी सुविधा लिन सक्नेछन् ।

यस किसिमको सहकार्यले एकतर्फ कम्पनीको व्यावसायिक सम्बन्ध प्रभावकारिता ल्याउन सहयोग गर्नुका साथै अर्कातर्फ कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्नेछ ।

साथै छुट सुविधा लिनका लागि लुम्बिनी केवलकारको टिकट काउन्टरमा गई टिकट खरिद गर्नुपर्नेछ । भविष्यमा उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज र स्तरीय बनाउँदै लैजाने जनाएको छ ।

Advertisment

थप समाचार