काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । बैशाख १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।
Advertisment