काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत २० अर्बबढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २० अर्ब आठ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।
कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने र नौ अर्ब रुपैयाँ बराबरको १८२ दिने र छ अर्ब आड करोड रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
कार्यालयका अनुसार २८ दिने ट्रेजरी बिल जेठ २० गते, ९१ दिने ट्रेजरी कात्तिक १८ गते र ३६४ दिने ट्रेजरी बिल २०८३ जेठ २२ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो २ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।
यसअघि बैशाख १५ गते कार्यालयले २८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment