काठमाडौं : पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय विस्तारमा सुधार देखिएको छ । चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीहरुको व्यापार ३२ अर्ब माथि रहेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको चैत मसान्तसम्म कम्पनीहरुले २१ लाख ३५ हजार २३३ बीमालेख जारी गरी ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् ।
उक्त रकम गत आवको सोही अवधिको तुलनामा ७.१० प्रतिशत अर्थात दुई अर्ब १३ करोड २२ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले २१ लाख ९३ हजार ५४७ बीमालेख जारी गरी २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।
प्राधिकरणका अनुसार चैतमा मात्रै कम्पनीहरुले दुई लाख ९१ हजार ७७६ बीमालेख बिक्री गरी चार अर्ब १० करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
प्राधिकरणका अनुसार चैत मसान्तसम्म तीन कम्पनीहरुले तीन अर्बमाथिको व्यापार गरेका छन् । सर्वाधिक बीमा व्यवसाय गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले २ लाख २७ हजार ४२८ बीमालेख जारी गरी चार अर्ब ३४ करोड ५८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले एक लाख ६८ हजार ३३९ बीमालेख बिक्री गरी तीन अर्ब ७३ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको भने सिद्धार्थ प्रिमियरले दुई लाख २९ हजार ५५३ बीमालेख बिक्री गरी ३ अर्ब १० करोड ५८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
यसैगरी चैत मसान्तसम्म हिमालयन एभरेष्ट इन्स्योरेन्सले दुई अर्ब ७८ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै नेको इन्स्योरेन्सले दुई अर्ब ४७ करोड १८ लाख र आईजीआई प्रुडेसिन्यलले दुई अर्ब ७४ करोड ४९ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
प्राधिकरणका अनुसार नेपाल इन्स्योरेन्सले यस अवधिमा एक अर्ब ५५ करोड ८८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै दि ओरियन्टल इन्स्योरेन्सले २ अर्ब १५ करोड ४६ लाख रुपैयाँको व्यापार गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले एक अर्ब १३ करोड २६ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।
प्राधिकरणका अनुसार प्रभु इन्स्योरेन्सले एक अर्ब ३० करोड ९४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ भने एनएलजी इन्स्योरेन्सले दुई अर्ब १३ करोड ४५ लाख रुपैयाँ र सानिमा जिआईसीले एक अर्ब ९२ करोड १९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
चैत मसान्तसम्म युनाइडेड अजोड इन्स्योरेन्सले एक अर्ब ८५ करोड ४९ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । प्राधिकरणका अनुसार चालु आवको नौं महिनामा अधिकांश कम्पनीले अबौंको व्यवसाय गरेका छन् गर्दा नेशनल इन्स्योरेन्सले भने ८७ करोड ९५ लाख ३९ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
लघु बीमाको व्यापार साढे ६८ करोड
प्राधिकरणका अनुसार यस अवधिमा सञ्चालनमा रहेका चार लघुबीमा कम्पनीले साढे ६८ करोड रुपैयाँको व्यवसाय गरेका छन् । कम्पनीहरुले दुई लाख ७७ हजार ९८ बीमालेख जारी गरी ६८ करोड ६७ लाख १९ हजार रुपैयाँ बीमाशुल्क उठाएका हुन् ।
यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी १९ करोड ३६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १७ करोड ५७ लाख, स्टार माइक्रोले १६ करोड ३२ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १५ करोड ४० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
Advertisment