Below Menu
Below Menu

हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 

हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट बैशाख १५ गते स्वीकृत गरेको हो ।

Sponsored Advertisement

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार १८ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८६ रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

नयाँ बोनसदर अनुसार सावधिक योजनामा न्युनतम प्रतिहजार २६ रुपैयाँदेखि अधिकतम प्रतिहजार ६३ रुपैयाँसम्म र सावधिक तथा आजिवन बीमा योजनामा न्युनतम प्रतिहजार ३६ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७५ रुपैयाँसम्म बोनस दिने भएको छ ।

त्यस्तै अग्रिम भुक्तानी सावधिक योजनामा न्युनतम प्रतिहजार ८६ रुपैयाँसम्म, जीवन उपहार (अग्रिम भुक्तानी) योजनामा न्युनतम प्रतिहजार ४८ रुपैयाँ र जीवन बीमा उपहार (सावधिक) योजनामा प्रतिहजार ३१  रुपैयाँसम्म बोनस बोनसदर रहेको छ ।

नयाँ बोनसदर अनुसार कम्पनीले सावधिक योजनामा न्युनतम प्रतिहजार ३८ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७६ रुपैयाँसम्म, सावधिक तथा आजिवन बीमा योजना न्युनतम प्रतिहजार ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँ बोनस दिने भएको छ ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक योजनामा प्रतिहजार ३४ रुपैयाँदेखिख ४६ रुपैयाँ, वार्षिक नगद फिर्ता योजनामा ३२ रुपैयाँदेखि ४१ रुपैयाँसम्म र सुरक्षित भविष्य योजनामा प्रतिहजार १८ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बोनस दिने भएको छ ।

कम्पनीले ३० वर्षे जीवन रक्षक (सिमित भुक्तानी), सावधिक लघुजीवन बीमा र कर्पोरेट जीवनख बीमा योजनामा प्रतिहजार ३५ रुपैयाँदेखि ७० रुपैयाँ र सावधिक तथा बालबच्चा सावधिक जीवन बीमा योजना र सिमित भुक्तानी सावधिक जीवन बीमा योजनामा ३३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।

नयाँ बोनसदर अनुसार सिमित भुक्तानी सावधिक जीवन बीमा योजनामा (एकल) मा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि ४५ रुपैयाँसम्म,सिमित भुक्तानी सावधिक जीवन बीमा योजना (नियमित) मा प्रतिहजार ३३ रुपैयाँदेखि ४० रुपैयाँसम्म बोनस रहेको छ ।

त्यस्तै सावधिक तथा आजिवन जीवन बीमा योजनामा न्युनतम प्रतिहजार ४० रुपैयाँदेखि अधिकतम प्रतिहजार ७४ रुपैयाँ, सिमित भुक्तानी सावजधिक तथा आजिवन बीमा योजनामा प्रतिहजार ५० रुपैयाँ र वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनामा प्रतिहजार २४ रुपैयाँदेखि ३३ रुपैयाँ बोनसदर कायम गरिएको छ । 

कम्पनीले अग्रिम भुक्तानी तथा आजिवन बीमा योजनामा प्रतिहजार २४ रुपैयाँदेखि ४१ रुपैयाँ,  जिवन आधार जीवन बीमा योजनामा न्युनतम प्रतिहजार ५० रुपैयाँ र जिवन सम्पन्न बीमा योजनामा प्रतिहजार ५३ रुपैयाँ बोनसदर दिने भएको छ । 

कम्पनीले जिवन उत्थान बीमा योजनामा न्युनतम प्रतिहजार ४० रुपैयाँ जिवन आवरण बीमा योजनामा ४३ रुपैयाँ र बालबच्चा सावधिक जीवन बीमा योजनामा न्युनतम प्रतिहजार ३३ रुपैयाँदेखि ३५ रुपैयाँ र हिमालयन अनमोल रत्न बाल सावधिक जीवन बमिा योजनामा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि ४० रुपैयाँसम्म बोनसदर कायम रहेको छ ।

साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।

उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।

थप समाचार