काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उलेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको नौं महिनामा कम्पनीहरुले एक खर्बभन्दा माथिको व्यवसाय गरेका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चैत मसान्तसम्म कम्पनीहरुले एक खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड ३५ लाख ३९ हजार ५१० बीमालेख जारी गरी उक्त रकम बराबरको बीमाशूल्क संकलन गरेका हुन् ।
उक्त रकम गत आवको सोही अवधिको तुलनामा १४.६२प्रतिशत अर्थात १६ अर्ब ९ करोड ८४ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले एक करोड ३८ लाख ३२ हजार ६०१ बीमालेख बिक्री गरी एक खर्ब १० अर्ब ८ करोड २७ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए ।
गत फागुनको तुलनामा चैतमा कम्पनीहरुले १७ अर्ब ४६ करोड ९८ लाख रुपैयाँले व्यवसाय बढाएका हुन् । गत चैतमा मात्र कम्पनीहरुले ५ लाख ७ हजार ६१५ बीमालेख जारी उक्त रकम बराबरको बीमाशुल्क कमाएका छन् ।
यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । प्राधिकरणका अनुसार नौ महिनामा कम्पनीले १९ लाख ६० हजार ५३४ बीमालेख बिक्री गरी ३३ अर्ब एक करोड ७८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।
प्राधिकरणका अनुसार यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले ५ लाख ७१ हजार ४९० बीमालेख जारी गरी आठ अर्ब १६ करोड ३५ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
त्यस्तै नेशनल लाइफले १५ अर्ब ६४ करोड ११ लाख रुपैयाँको व्यापार गर्दा लाइफ इन्स्योरेन्स कर्पोरेशनले १४ अर्ब ३ करोड ६३ लाख हजार रुपैयाँ बराबरको व्यापार गरेको छ ।
यसैगरी चैत मसान्तसम्म मेट लाइफले चार अर्ब ४४ करोड ४१ैं लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै एशियन लाइफले छ अर्ब ४६ करोड ४३ लाख, आईएमई लाइफले तीन अर्ब ७७ करोड ३१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
प्राधिकरणका अनुसार यस अवधिमा आइपुग्दा सन नेपाल लाइफले तीन अर्ब आठ करोड ५४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने रिलायबल नेपाल लाइफले तीन अर्ब ६९ करोड १२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
यस अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सले पाँच अर्ब ८ करोड ७१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै सूर्यज्योति लाइफले सात अर्ब ६५ करोडको ८० लाख र सानिमा रिलायन्स लाइफले चार अर्ब ८४ करोड ६५ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।
प्राधिकरणका अनुसार चालु आवको चैत मसान्तसम्म हिमालयन लाइफले १२ अर्ब ५९ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ भने प्रभु महालक्ष्मी लाइफले तीन अर्ब ६७ करोड ५३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
लघुबीमाको व्यापार साढे ८५ अर्ब
प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । चैत मसान्तसम्म कम्पनीहरुले आठ लाख ६० हजार ६३ बीमालेख जारी गरी ८५ करोड ५६ लाख ९६ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।
यस अवधिमा गार्डियन माइक्रो लाइफले ७२ करोड ५८ लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले ३२ करोड २० लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले २० करोड ७७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
Sponsored Advertisment