Below Menu
Below Menu

अध्यक्ष क्षेष्ठको नियोजित चरित्र हत्याप्रति सेबोनको आपत्ति

अध्यक्ष क्षेष्ठको नियोजित चरित्र हत्याप्रति सेबोनको आपत्ति

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पूँजीबजारका क्षेत्रमा हुन थालेका सुधारसँग अत्तालिएर नियोजित रुपमा बोर्ड अध्यक्ष र समग्र सेबोनकै चरित्र हत्या गर्ने गरी समाचार प्रकाशन गरिएका भन्दै आपत्ति जनाएको छ ।

प्रवक्ता निरञ्जय घिमिरेले विज्ञप्ति जारी गर्दै बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाम जोडेर पछिल्लो समय प्रकाशित, प्रसारित समाचारहरुप्रति आपत्ति जनाएका हुन् ।

‘पूँजीबजार क्षेत्रमा हुन थालेका सुधारसँग अत्तालिएर नियोजित रुपमा यस्ता प्रायोजित सामग्रीको सम्प्रेषणले नियामक निकायको  छवि धूमिल पार्नुका साथै सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्य राखेको स्पष्ट देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘यदि कसैले बोर्ड अध्यक्षको नाम लिई कुनै पनि प्रकारको आर्थिक वा अन्य गैरकानूनी फाइदा लिने कार्य गरेको जानकारी भएमा तथ्यगत विवरण उपलब्ध गराइदिनुभएमा सम्बन्धित उपर आवश्यक कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइने जानकारी गराइन्छ ।’ 

त्यस्तै बोर्ड अध्यक्षको नाम लिई कुनै पनि प्रकारको आर्थिक वा अन्य गैर कानुनी फाईदा लिने कार्य गरेको जानकारी भएमा तथ्यगत विवरण उपलब्ध गराई दिनु भएमा सम्बन्धित उपर आवश्यक कानुनी कारवाहीका लागि प्रकृया अगाडि बढाईने समेत विज्ञप्तिमार्फत जनाईएको छ।

Advertisment

थप समाचार