Below Menu
Below Menu

मानव विकासको गति सुस्त, ३५ वर्षयताकै न्यून प्रगति

मानव विकासको गति सुस्त, ३५ वर्षयताकै न्यून प्रगति

संयुक्त राष्ट्र : संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (यूएनडीपी) ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार, मानव विकासको प्रगति सन् १९९० यताकै सबैभन्दा सुस्त रहेको देखिएको छ ।

संयुक्त राष्ट्र महासचिवका उपप्रवक्ता  फरहान हकले मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा भने, “सन् २०२०/२०२१ को गम्भीर सङ्कटपछि विश्वले अपेक्षाअनुसार द्रुत गतिमा सुधार गर्ने विश्वास गरिएको थियो, तर त्यो सम्भव हुन सकेन ।” उहाँले ‘विकल्पको कुरास्  कृत्रिम बुद्धिमत्ताको युगमा मानिस र सम्भावना’ भन्ने शिर्षकको सन् २०२५ को मानव विकास प्रतिवेदन उद्धृत गरे ।

प्रतिवेदनमा सन् २०२४ को प्रक्षेपण अनुसार विश्वका सबै क्षेत्रहरूमा मानव विकास सूचकाङ्कमा उल्लेखनीय सुधार नदेखिएको उल्लेख गरिएको छ । यदि यही अवस्था दीर्घकालीन रूपमा कायम रह्यो भने, संसार अझ असुरक्षित, विभाजित र आर्थिक तथा वातावरणीय सङ्कटहरूप्रति झनै संवेदनशील बन्ने सम्भावना रहेको चेतावनी दिइएको छ ।

स्वास्थ्य, शिक्षा र आयजस्ता सूचकहरूमार्फत गरिएको विश्लेषणले कम विकास सूचकाङ्क भएका मुलुक र उच्च सूचकाङ्क भएका मुलुकहरूबीचको खाडल लगातार चौथो वर्ष पनि अझ फराकिलो बन्दै गएको देखाएको छ । विशेषतः न्यून सूचकाङ्क भएका देशहरू व्यापारिक तनाव, ऋण सङ्कट र प्रविधिमा आधारित बेरोजगार औद्योगिकीकरणका कारण थप समस्यामा परेका छन् ।

यद्यपि, प्रतिवेदनमा गरिएको सर्वेक्षण अनुसार, धेरैजसो नागरिकहरू कृत्रिम बुद्धिमत्ताको प्रभावप्रति यथार्थवादी तर आशावादी दृष्टिकोण राख्ने देखिएका छन् । सर्वेक्षणमा सहभागी १० मध्ये ६ जनाले प्रविधिले रोजगार क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने र भविष्यमा नयाँ प्रकारका रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् ।

Advertisment

थप समाचार