Below Menu
Below Menu

राष्ट्र बैंकले २० करोड रकम मुद्दती निक्षेपमा लगानी गर्ने, ब्याजदर प्रस्ताव गर्न आह्वान  

राष्ट्र बैंकले २० करोड रकम मुद्दती निक्षेपमा लगानी गर्ने, ब्याजदर प्रस्ताव गर्न आह्वान  

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको पौने चार अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले कर्मचराी तथा सुरक्षण कोषमा रहेको २० करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।

कोषको उक्त रकम जेठ ५ गतेदेखि २०८३ जेठ ५ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भुक्तानी हुने गरी लगानी गर्न लागेको सूचनामा उल्लेख छ ।

बैंकले कोषमा रहेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा तीन करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा एक करोड रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो । 

बैंकका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको न्युनतम पुँजीकोष अनुपात कायम रहेको हुनुपर्नेछ ।

त्यस्तै, निष्क्रिय कर्जा कमसल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हनुपर्ने, सिडि रेसियो अनुपात बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हनुपर्नेछ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी बैशाख ३० गते दिउँसो १ः३० बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।
 

Advertisment

थप समाचार