Below Menu
Below Menu

टिकेन नेप्सेको उत्साह: परिसूचक दोहोरो अंकले घट्यो, कारोबार साढे ११ अर्ब नाघ्यो 

टिकेन नेप्सेको उत्साह: परिसूचक दोहोरो अंकले घट्यो, कारोबार साढे ११ अर्ब नाघ्यो 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजारु दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.६० अंकले घटेर २६६१.०८ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ६१.२६ अंकले बढेर २६७२.७० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ९६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५० कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७८ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगा श्री फर्मास्युटिकल्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ७ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार