Below Menu
Below Menu

बज्र मादी जलविद्युत आयोजनामा लगानी जुट्यो, एनएमबिको अगुवाइमा ३७४.५ करोड लगानी

बज्र मादी जलविद्युत आयोजनामा लगानी जुट्यो, एनएमबिको अगुवाइमा ३७४.५ करोड लगानी

काठमाडौं : कास्कीको मादी गाउँपालिकामा २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ । बज्र इनर्जी भेन्चर्स प्रा.लि. प्रवर्धक रहेको आयोजनामा एनएमबी र कृषि विकास बैंकले लगानी गर्ने भएका हुन् ।

आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहने छ । बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी ३ अर्ब ७४ करोड ५० लाख रहनेछ । एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।  

त्यसैगरी, सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लि. द्वारा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रबद्र्वित २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत आयोजना वि.स. २०८१ साल कार्तिक २७ गते मध्यान्ह १२ बजेदेखि व्यापारिक उत्पादन सुरु भएको थियो ।

उक्त आयोजना एनएमबि बैंकको अगुवाईमा कर्माचारी सञ्चय कोष तथा कृषि विकास बैंकले ऋण लगानी गरेको छ । 
 

Advertisment

थप समाचार