Below Menu

एनएमबि बैंकको अगुवाइमा चेपे खोला क्यास्केड र लाप्चे तामाकोशी जलविद्युत आयोजनामा जुट्यो लगानी

एनएमबि बैंकको अगुवाइमा चेपे खोला क्यास्केड र लाप्चे तामाकोशी जलविद्युत आयोजनामा जुट्यो लगानी

काठमाडौं : एनएमबि बैंकको अगुवाइमा चेपे खोला क्यास्केड र लाप्चे तामाकोशी जलविद्युत आयोजनाका लागि ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।

Sponsored Advertisement

एनएमबि बैंक, नबिल, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), एभरेष्ट बैंक, तथा डायनामिक हाइड्रो ईनर्जीबीच ४२ मेगावाट क्षमताको दोलखा जिल्ला, विगु गाउँपालिकामा अवस्थित लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।

उक्त आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहने छ । ४२ मेगावाट क्षमता रहेको लाप्चे तामाकोशी जलविद्युत आयोजनाको करिब लागत ७ अर्ब रहने जानकारी गराईएको छ भने बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी ५ अर्ब २५ करोड रुपैयाँ रहनेछ ।  

साथै एनएमबि बैंकको एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत आयोजना (२ मेगावाट) को पनि वित्तीय व्यवस्थापन समापन गरेको छ ।  २ मेगावाट क्षमता रहेको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको अनुमानित लागत रु. ४३ करोड ४० लाख रहेको छ भने एनएमबि बैंकले ३४ करोड ऋण लगानी गर्ने भएको छ । 

एनएमबि बैंकको तर्फबाट दिनेश दुलाल– चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग तथा डायनामिक हाइड्रो ईनर्जी प्रालिको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरे । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्र आदान प्रदान गरे । 

सोही कार्यक्रममा बैंकका सिईओ घिमिरेले एनएमबीमा हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष तथा अन्य जोखिमको सुक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने जानकारी गराए । 

साथै मोहन बिक्रम कार्कीले बैंकसँग यस परियोजना सहित ८ वटा परियोजनाको लागि ऋण उपभोग गरिरहेको तथा यस परियोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे । 
एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी इन्र्भारोमेन्टल एण्ड सोसिअल रिक्स म्यानेनमेन्ट, २०२२ को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ ।