Below Menu
Below Menu

बढ्दो पर्यटक आगमनले होटलको व्यापारमा सुधार, नौ महिनामा कमाए साढे ८० करोड नाफा 

बढ्दो पर्यटक आगमनले होटलको व्यापारमा सुधार, नौ महिनामा कमाए साढे ८० करोड नाफा 

काठमाडौं : पछिल्लो समय होटलको व्यापारमा उल्लेख्य वृद्धि भएको पाइएको छ । पर्यटक आवागन बढेसँगै होटल तथा रेष्टुरेन्टको आम्दानीमा सुधार आएको छ ।

होटलहरुको व्यवसाय बढेसँगै नाफामा पनि बढोत्तरी देखिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म होटल तथा पर्यटन समुहका छ कम्पनीहरुको नाफा ८० करोड ३६ लाख १६ हजार रुपैयाँ रहेको छ ।

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा होटलहरुको नाफा ४.२९ प्रतिशतले बढेको हो । गत वर्षको चैत मसान्तसम्म होटलहरुको नाफा ७७ करोड ५ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

हाल बजारमा होटल तथा पर्यटन समूहका ६ कम्पनी सूचीकृत छन् । सूचीकृतमध्ये सिटि होटल नोक्सानीमा रहेको छन् । यस अवधिमा आइपुग्दा ओरियन्टल होटलको नाफा पनि घटेको भने अन्य सबै कम्पनीहरु नाफामा रहेका छन् ।

पछिल्लो समय पर्यटन आवागमनमा वृद्धि भएसँगै होटल तथा पर्यटन व्यवसायमा उल्लेख्य वृद्धि भएको छ । सन् २०२५ को जनवरी देखिनै पर्यटन आवागन उच्च छ । 

नेपालमा विदेशी पर्यटकको संख्या बढ्दा यसको प्रत्यक्ष प्रभाव होटल व्यवसायमा देखिएको छ । विदेशी पर्यटकहरुको बढ्दो आगमनले होटलहरुको नाफामा सुधार देखिएको हो । 

सञ्चालित कम्पनीहरुमा चन्द्रागिरि हिल्स र कालिञ्चोक दर्शनको मुख्य व्यापार केबुलकार सञ्चालन बापत सेवा शुल्क हो भने सोल्टी, तारागाउँ रिजेन्सी, ओरियन्टल र सिटीको मुख्य व्यापारमा होटल व्यवसाय रहेको छ ।

बाह्य पर्यटक संख्या बढ्दा आम्दानीमा सकारात्मक टेवा पुग्न गई नाफामा सुधार भएको होटलहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

सोल्टी होटल

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सोल्टी होटलले ४६ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १३.३६ प्रतिशतले बढी हो । गत वर्ष होटलले ४१ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा होटलको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो ।

चैत मसान्तसम्म होटलको कुल आम्दानी एक अर्ब ६८ करोड ३२ लाख रुपैयाँबाट बढेर एक अर्ब ८९ करोड ८ लाख रुपैयाँ पुगेको छ । होटलको प्रतिशेयर आम्दानी ४.५७ रुपैयाँमा झरेको छ । 

ओरियन्टल होटल

दि ओरियन्टल होटल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैंमाससम्म चार करोड ४७ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.१६ प्रतिशतले कम हो । गत वर्ष होटलले छ करोड ५९ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा होटलको आम्दानी घट्दा नाफा घटेको हो । चैत मसान्तसम्म होटलको कुल आम्दानी ८१ करोड ९६ लाख ८५ हजार रुपैयाँबाट घटेर ७५ करोड १६ लाख ६४ हजार रुपैयाँमा झरेको छ । होटलको प्रतिशेयर आम्दानी ३.७८ रुपैयाँ रहेको छ ।

तारागाउँ रिजेन्सी होटल

तारागाउँ रिजेन्सी होटल लिमिटेडले यस अवधिमा ३३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १.२८ प्रतिशतले बढी हो । गत वर्ष होटलले ३३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा होटलको सञ्चालन आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो ।

चैत मसान्तसम्म होटलको सञ्चालन आम्दानी ७.२५ प्रतिशतले बढेको छ भने कुल आम्दानी ६.२१ प्रतिशतले बढेको छ । होटलको प्रतिशेयर आम्दानी १७ रुपैयाँ २० पैसा रहेको छ ।

सिटी होटल्स

सिटी होटल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैंमाससम्म १७ करोड ३८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्षको सोही अवधिमा १५ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।

गत आवको सोही अवधिको तुलनामा होटलको नोक्सानी बढेको हो । यस अवधिमा होटलको वित्तीय खर्च घटेका कारण नोक्सानी घटेको हो ।
चैत  मसान्तसम्म होटलको सञ्चालन आम्दानी ३७ करोड ५४ लाख रुपैयाँ रहेको छ । गत वर्ष यस्तो आम्दानी ४२ करोड ७ लाख ८८ हजार रुपैयाँ रहेको थियो । होटलको प्रतिशेयर आम्दानी १० रुपैयाँ १८ पैसा ऋणात्मक छ ।

कालिन्चोक दर्शन

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कालिन्चोक दर्शनले एक करोड ८९ लाख २ हजार रुपैयाँ नाफा कमाएकोे छ । जुन गत वर्षको तुलनामा २९८.७ प्रतिशतले बढी हो । गत वर्षको यसैअवधिमा कम्पनीले ४७ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको थियो । 

चैत मसान्तसम्म होटलको आम्दानी ५ करोड ६२ लाख रुपैयाँ रहेको छ भने होटलको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १४ पैसा रहेको छ ।

चन्द्रागिरी हिल्स

चन्द्रागिरी हिल्स लिमिटेडले नौं महिनामा १० करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८३ प्रतिशतले बढि हो । गत आवमा कम्पनीले १० करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्म कम्पनीको सञ्चालन आम्दानी ८.९५ प्रतिशतले घटेको छ भने कुल खर्च २६.११ प्रतिशतले घटेको छ । कुल खर्च घट्दा होटलको नापाmमा उल्लेख्य सुधार देखिएको हो । होटलको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९ पैसा रहेको छ ।
 

Advertisment

थप समाचार