काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे १० करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी तथा सुरक्षण कोषमा रहेको १० करोड ८० लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।
कोषको उक्त रकम जेठ ५ गतेदेखि २०८३ जेठ ५ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भुक्तानी हुने गरी लगानी गर्न लागेको सूचनामा उल्लेख छ ।
बैंकले कोषमा रहेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा आठ करोड ६४ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा एक करोड ६२ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ५४ करोड रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो ।
बैंकका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको न्युनतम पुँजीकोष अनुपात कायम रहेको हुनुपर्नेछ ।
त्यस्तै, निष्क्रिय कर्जा कमसल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हनुपर्ने, सिडि रेसियो अनुपात बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हनुपर्नेछ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी जेठ ३ गते साँझ ७ बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।
Advertisment