Below Menu
Below Menu

प्राधिकरणद्वारा ग्रिड कनेक्सन एग्रिमेन्ट भएका १० मेगावाटभन्दा ठूला आयोजनाको पीपीए खुला

प्राधिकरणद्वारा ग्रिड कनेक्सन एग्रिमेन्ट भएका १० मेगावाटभन्दा ठूला आयोजनाको पीपीए खुला

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाहरुको लागि विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुलाएको छ। प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै पाँच हजार मेगावाटका जलविद्युत् परियोजनाको लागि पिपिए खुलाएको जनाएको हो । 

प्राधिकरण सञ्चालक समितिको चैत १२ मा बसेको सञ्चालक समितिको बैठको निर्णय अनुसार पीपीए खुलाएको जनाएको छ । मन्त्रिपरिषदबाट पुस १६ मा स्वीकृत उर्जा विकास मार्गचित्र, २०८१ अनुसार सन् २०३५ सम्म नेपालको कुल विद्युत जडित क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य रहेको छ ।

सोही लक्ष्य प्राप्तिको लागि हाललाई १६ चैतसम्मसम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भईसकेका १० मेगावाटभन्दा बढी क्षमताका विभिन्न प्रारुपका जलविद्युत आयोजनाहरुको गीड कनेक्सन एग्रिमेन्टको प्रावधान अनुसार विद्युत खरिद बिक्री सम्झौताको प्रकृया अगाडि बढाउने निर्णय भएको भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरण व्यवस्थापनको बैशाख ३० गतेको निर्णय अनुसार गत चैत १२ १२ गतेसम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भईसकेका जलविद्युत आयोजनाहरुको क्रमैसँग विद्युत खरिद बिक्री सम्झौताको कारबाही अगाडी बढाइने जनाइएको छ ।

प्राधिकरणले जारी गरेको सूचना अनुसार चैत १२ गतेसम्म ग्रिड कनेक्सन गरिएका परियोजनामध्ये  चार हजार ९६६ मेगावाटका ५४ वटा परियोजना छन् भने ३१ सय मेगावाटका १६ वटा अर्धजलाशय परियोजना छन् । बाँकी भने नदी प्रवाहमा आधारीत परियोजना छन् । 

पीपीएका लागि तोकिएका कम्पनी

– संचालनमा रहेका र वित्तिय व्यवस्था भई निर्माणाधीन प्रसारण लाईन तथा सवस्टेशनहरु (अनुमानित निर्माण सम्पन्न हुने मिति समेत मध्यनजर गरी) मार्फत निर्वाद रुपमा विद्युत प्रवाह हुनसक्ने जलविद्युत आयोजनाको पीपीए कारबाही अघि बढाउने । साथै साथै एन–१ कन्टीजेन्सी)को अवस्थामा संचालनमा रहेका प्रसारण लाईन तथा सवस्टेशनहरु मार्फत विद्युत प्रवाह हुनसक्ने जलविद्युत आयोजनाहरुलाई समेत उक्त शर्त सम्झौतामा समावेश हुनेगरी पहिलो प्राथमिकतामा राखी पीपीए को कारबाही अघि बढाउने ।

– एन–१ कन्सटेन्सी को अवस्थामा भएका निर्माणाधीन प्रसारण लाईन तथा सवस्टेशनहरु (अनुमानित निर्माण सम्पन्न हुने मिति समेत मध्यनजर गरी) मार्फत विद्युत प्रवाह हुनसक्ने जलविद्युत आयोजनाहरुलाई उक्त शर्त सम्झौतामा समावेश हुनेगरी दोश्रो प्राथमिकतामा राखी पीपीएको कारबाही अघि बढाउने ।

– त्यसपछि प्रस्तावित प्रसारण लाईन तथा सवस्टेशनहरुमा कनेक्सन हुने जलविद्युत आयोजनाहरुको लाईन तथा सवस्टेशनको वित्तीय व्यस्थापनको अवस्था साथै निर्माण प्रगतिको अवस्था हेरेर पीपीएको कारबाही अघि बढाउने ।

– सामान्य अवस्थामा ओभरलोड भएका प्रशारण लाईन तथा सवस्टेशनहरु मार्फत विद्युत प्रवाह हुनसक्ने जलविद्युत आयोजनाको हकमा प्राधिकरणको ‘डिस्प्याच इन्सपेक्सन’ अनुसार विद्युत खरिद गर्ने शर्त सम्झौतामा समावेश गर्न प्रबद्र्धक सहमत भएमा सोहि शर्तअनुसार पीपीएको कारवाही अघि बढाउने ।
 

Advertisment

थप समाचार